खेलकुद महासङ्घले सामाजिक विकासमन्त्रीलाई भन्यो, प्रदेशका खेलाडीहरुलाई कोभिडको खोप उपलब्ध गराइ दिनुस्

0 Shares

खोटाङ,२९ साउन । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले प्रदेश नम्बर -१ की सामाजिक विकासमन्त्री उषाकला राईलाई प्रदेश १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । शुक्रबार सामाजिक विकासमन्त्री राईको कार्यकक्षमा पुग्नुभएका पौडेल लगायतको टोलीले प्रदेश १ का खेलाडी तथा प्रशिकक्षहरुलाई कोभिड विरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गरेको हो ।

भेटमा खेल , खेलाडी र खेलमैदान, प्रशिक्षकहरुको हक हित र अधिकार लगायतका विषयमा महत्त्वपूणर् छलफल भएको केन्द्रीय अध्यक्ष पौडेलले बताउनुभयो । मन्त्री राईलाई जन्म दिनको शुभकामना दिँदै अध्यक्ष पौडेल नेतृत्वको टोलीले समसामयिक विषयमा महत्वपूणर् छलफल गरेको केन्द्रीय उपाध्यक्ष प्रभातविक्रम कटुवालले बताउनुभयो । “प्रदेश-१ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाइदिन मौखिक रुपमा भनेका छौँ ।” उहाले भन्नुभयो ।

हलेसी खबरका सम्वददाता सन्तोश पौडेलसँगको कुराकानीमा केन्द्रीय अध्यक्ष पौडेलले भन्नुभयो, “प्रदेश एकका खेलाडी तथा प्रशिक्षकहरुलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराइ खेलाडीहरुको समस्यालाई समाधान गराउन माग गरेका छौँ ।, उहाँले भन्नुभयो, “मन्त्री राईले यो विषय चाँडै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।”

महासङ्घको नेतृत्वमा केहि दिनमै प्रदेश-१ का खेलाडीहरुलाई खोप लगाउने कार्यक्रम रहने जनाइएको छ । यस्तै, प्रदेश एकको खेलकुद विकास बोर्ड तत्काल गठन गर्नसमेत माग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश- १ का इन्चार्ज कटवाल, सह-इन्चार्ज सन्तोष बान्तावा राई, सचिव बासु नेपाल, स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया