शंकर पोखरेलले गरे देउवा-प्रचण्ड षडयन्त्रको भण्डाफोर

0 Shares

दाङ,३० साउन । एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रतिशोधको मोहोरा भएको ठोकुवा गर्नुभएको छ । शहीद नेत्रलाल अभागीको सालिक अनावरणपछि आयोजित कार्यक्रममा नेता पोख्रेलले प्रचण्डमा रहेको अस्थिरता अवसरवाद र महत्वकांक्षाले अहिलेको अवस्था सृजना भएको बताउनुभयो ।

‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने असफल प्रयासले अहिलेको अवस्था सृजना भएको हो,’ लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोख्रेलले भन्नुभयो, ‘केपी ओलीलाई हटाउन अदालतको साहार लिंदा अहिलेको अवस्था सृजना भयो । ’ लोकतन्त्रमा सरकार परमादेशबाट नभई जनताको जनमतबाट निर्माण हुने भएपनि नेपालमा ठीक उल्टो भएको पोख्रेलको भनाइ छ ।

‘संसदीय लोकतन्त्रमा अदालतबाट सरकार आउदैन, जनताको मतबाट आउछ, तर परमादेशबाट सरकार आएपछि नेपालको राजनीतिलाई दुई ध्रुवमा विभाजन गरेको छ,’ पोख्रेलले भन्नुभयो । नेपालीको राजनीतिमा एउटा स्वधिनता र राष्ट्रियता अंगाल्ने ध्रुवको नेतृत्व केपी ओलीले गर्ने र प्रचण्ड देउवाहरुले कुण्ठा र अवसरवादी ध्रुवको नेतृत्व गर्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया