माधवले नै खोले मन्त्री बन्न दाम्लो चुडाएर देउवा निवास पुग्ने एमाले सांसदको पोल

0 Shares

काठमान्डौं, साउन । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री खान आफ्नो समुहका सांसदहरु निकै मरिहत्ते गरेको तथ्य खोल्नुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता नेपालले मन्त्री बन्न आफ्नो समुहमा मरिहत्तै गर्नेहरु धेरै रहेको खुलासा गर्नुभएको हो ।

‘देउवा सरकार यत्रो दुःख गरेर ल्याएको सरकार छ, मन्त्री पठाउन सकिएको छैन, केही केही साथी दाम्लो चुँडाउँदा जस्तो गरेका छन मन्त्री खानका लागि,’ आफ्नो समुहमा मन्त्री खान जानैपर्नेहरुको दवाव ठूलो रहेको भन्दै नेपालले भन्नुभयो । केही समयअघि माओवादी अध्यक्ष प्रचण्डले माधव समुहमा रहेका आधा दर्जन सांसद मन्त्री माग्दै देउवा निवास पुगेको खुलासा गर्नुभएको थियो ।

माधवले आज सो कुराको पुष्टि गर्नुभएको हो । देउवालाई मन्त्री माग्दै पुग्नेमा प्रेम आले, किशान श्रेष्ठ, मेटमणि चौधरीलगायत रहेको सूचना बाहिर आइसकेको छ । , नेता नेपालले तत्काल सरकारमा जान आफूहरुलाई गाह्रो भएको तथ्य पनि खोल्नुभयो । मन्त्रिपरिषद् विस्तार गर्न आफूहरूले नरोकेको भन्दै नेपालले छुट्टै पार्टी गठन नभएसम्म सरकारमा जान नमिल्ने बताउनु भयो ।जनता टाइम्स डटकम

तपाईको प्रतिक्रिया