माधव समुहबिनै अघि बढ्यो एमाले : पार्टी काममा फर्कनेलाई जिम्मेवारी दिइने

0 Shares

काठमाडौं,३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अब पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयनमा लैजाने निणर्य गर्दासमेत बरिष्ठ नेता माधवकुमार नेपाल बिपक्षी गठबन्धनमा सामेल भइरहेपछि एमाले अव माधव समुहबिनै अघि बढने निश्कर्षमा पुगेको हो ।

एमालेले माधव समुहलाई पर्खदा साँगठानिक काममा बाधा पुगेको निश्कर्षका साथ देशब्यापी अभियान अघि बढाउन लागेको हो । एमालेले माधव समुहले रोक्न भने पनि बिधान महाधिवेशनको मिति तोकेर संगठित सदस्यता नविकरण र नयाँ सदस्इता बितरणको काम लगभग सकाएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्खरै अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टी काम अघि बढाउन निर्देशित गर्नुभएको छ ।

‘पार्टीलाई वैचारिक रुपमा सचेत, लक्ष्यमा स्पष्ट र जनताको भरोसायोग्य पार्टीका रुपमा स्थापित गर्ने । यसका लागि माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादका सैद्धान्तिक- वैचारिक मार्गदर्शनका अलावा नेपाली समाजकोवर्तमान वर्ग चरित्र, यसका अन्तरविरोधहरू, विभिन्न पार्टीहरूका वर्गीय र राजनीतिक चरित्र, बदलिँदा सामाजिक र आर्थिक सम्बन्ध तथा सामाजिक-आर्थिक रुपान्तरणको बाटोमा उपस्थित अवरोधलगायत विषयमा बारेमा पार्टी पंक्तिलाई स्पष्ट पार्ने,’ देशब्यापी अभियान चलाउने सन्दर्भमा अध्यक्ष ओलीको निर्देशनमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनकोविकास, यसका अन्तरसंघर्षहरू र पछिल्लो समय आन्दोलनमा हुर्किदै गएका विभिन्न स्वरुपका अवसरवादको आलोचना, खण्डन र भण्डाफोर गर्ने ।’

एमाले केन्द्रीय कमिटीले असोज ३ गते सवै वडा र ९ गत सवै पालिकाको अधिवेशन एकै दिन सम्पन्न गर्ने निणर्य गरिसकेको छ । केन्द्रीय कमिटी बैठकलगत्तै एमाले नेताहरु संगठन बिस्ताको दौडाहमा समेत लाग्नुभएको छ । सर्वोच्च अदालतको फागुन २३, २०७७ को फैसलापछि माधवलाई मनाउनकै लागि पाँच महिना कुरेको एमालेले अव भने समय घर्किएको भन्दै पार्टी काममा फर्कनेलाई पुरानै जिम्मेवारी दिने र नआउनेलाई फकाउने, फुल्याउने गरी समय बर्वाद नपार्ने नीतिका साथ अघि बढेको हो ।

एमाले अध्यक्ष ओलीले यस्को संकेत प्रष्टै रुपमा दिनुभएको छ । आफ्नै निवासमा भेटन आइपुग्नुभएका उमाले दैलेखका नेताहरुसँग अध्यक्ष ओलीले आउनेलाई ससम्मान जिम्मेवारी र नआउनेलाई नकुर्ने नीतिप्रष्ट रुपमा सुनाउनु भएको हो । दैलेख एमाले अध्यक्ष रबिन्द्राज शर्माले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अध्यक्ष ओलीले पार्टी छाड्न खोज्नेलाई छाडेर र आउनेलाई स्वागत गरेर अघि बढ्न निर्देशन दिनुभएको छ ।

‘पार्टीमा आउनेलाई उचित भूमिका दिएर अघि बढनोस, छाडनेहरुलाई कुरेर नबस्नोस, काम थाल्नोस जानेलाई जबरजस्ती रोक्न सकिँदैन,’ अध्यक्ष ओलीको निर्देशन उधृत गर्दै शर्माले जनताटाइम्ससँग भन्नुभयो । दैलेख अध्यक्ष शर्मासहित एमालेका दैलेख इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, सहइन्चार्ज विष्णु रिजाल, जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, टाटिकाध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायत नेताहरु आज अध्यक्ष ओली भेटन उहाँकै निवास बालकोट पुग्नुभएको थियो ।

भेटमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले धेरै प्रयत्न गरेको भन्दै अव कोही कसैको स्वास्र्थका लागि पार्टीलाई बन्धक बनाउन नसकिने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । भेटमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले गरेको राम्रो काम जनतासम्म पुर्याउन र बर्तमान असंबैधानिक सरकारले गरेको गलत कामको भण्डाफोर अभियान चलाउन पनि निर्देशन दिनुभएको छ । ‘एमाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुस, परमादेशवाला सरकारले फैलाएको भ्रम चिर्नोस,’ अध्यक्ष ओलीको निर्देशन थियो ।

तपाईको प्रतिक्रिया