काठमान्डौँ,३२ साउन । नेपालमा थप ३,४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख १० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,३२७ पुगेको छ
।सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५,६११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये ५,५१८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,४५८ जना सङ्क्रमणमुक्त भएका छन्।सङ्क्रमितमध्ये ३६ हजारभन्दा बढी घरमा तथा ३,३३५ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले ७९५ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९७ जना भेन्टिलेटरमा छन्।
कतिले लगाए खोप?
अहिलेसम्म पूणर् मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३४ लाख ९० हजार नाघेको मन्त्रालयले जनाएको छ।
अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।