किन गए कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा ?

0 Shares

काठमाडौँ, ३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा गरिएको कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।शाक्यले आफ्नो कार्यकारी निर्देशकको पद थमौतीका लागि रिट निवेदन दर्ता गराएका छन् ।

उनले घिसिङको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गराएका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ उल्लेख गरेको बताइएको छ ।

दैनिक नेपाल

तपाईको प्रतिक्रिया