नेपाल समूहका अर्का शक्तिशाली नेताले पनि साथ छाडे

0 Shares

काठमाडौं, २ भदौ । एमालेका नेता भीम आचार्यले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् । प्रदेश १ का प्रदेश सांसद आचार्यले बुधबार बिहान सामाजिक सञ्जालमार्फत एमालेका नेताहरूमाथि भएको कारबाही फिर्ता लिएर पार्टी एकीकरणको वातावरण बनाउन आग्रह गरेका छन् ।

‘प्रतिनिधिसभा बिघटन बिरोधी अभियान संसद, संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउनका लागि गरिएका थिए’, उनले भने, ‘पार्टी बिभाजन गर्नको लागि होइन ।’उनले भने, ‘एमालेको बिभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धिहरूलाई कमजोर पार्दछ । अग्रगमनको यात्रामा गम्भीर धक्का दिन्छ ।’

‘संसद र संविधान बचाउनको लागि बनेको भनिएको शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले बिभाजन गर्न लाग्नु र त्यसको लागि बिभाजनकारी अध्यादेश ल्याउने दुष्कर्ममा लाग्नु दुर्भाग्यपूणर् हो’, उनले भनेका छन् ।

‘लोकतन्त्र, संविधान र स्थायित्वलाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादीहरूको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो’, उनले भने, ‘यो तुरुन्तै फिर्ता गरिनु पर्दछ ।’

‘पार्टी बिभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन म सबै नेता तथा सांसदहरूलाई तथा बिभाजन रोक्न भनि गरिएका कार्बाही फिर्ता लिन पार्टी नेतृत्वलाई हार्दिक अपील गर्दछु’, एमालेका नेता आचार्यले भनेका छन् ।

‘बिभाजनले सबै न्याय प्रेमी जनतालाई दुखित र प्रतिकृयावादीहरूलाई खुसी पार्दछ’, उनले भने, ‘त्यस अर्थ पार्टी बिभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको बिरोध गर्न र पार्टी एकताको पक्षमा दृढता पूर्वक लाग्न म सम्पूणर् नेता, कार्यकर्ता र आम जनसमुदायलाई हार्दिक अपील गर्दछु ।’

एमालेका नेता आचार्य वरिष्ठ नेता माधव नेपाल समूह निकट मानिन्छन् । आचार्यको बुधबारको स्टाटसले नेपाल समूहलाई धक्का लागेको छ । आचार्यले नेता नेपाल समूहलाई साथ नदिने संकेत गरेका छन् । उनी एमालेको संस्थापन पक्षमा बस्ने संकेत गरेका छन् ।

यसअघि, भीम रावल, योगेश भट्टराई, गोकणर् विष्टसहितका नेताहरूले नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया