काठमान्डौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउनुभएको छ । बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताउनुभएको हो ।
उहाँले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको पनि उल्लेख गर्नुभएको हो ।उहाँले भन्नुभयो,“‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ,” स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ ।
हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ, देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।”