खोटाङ,४ भदौ । महालेखा परिक्षकले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुुसार दश वटै स्थानीय तह बेरुजुले थलिएको पाइएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा ऐसेलुखर्क गाउँपालिकाको बेरुजु ३ करोड ५७ लाख ४२ हजार, केपिलासगढी गाउँपालिकाको बेरुजु ६ करोड ३५ लाख ६४ हजार, खोटेहाङ गाउँपालिकाको बेरजु ३ करोड २ लाख ३ हजार, जन्तेढुंगा गाउँपालिकाको बेरुजु ७ करोड ८८ लाख ५८ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु ३ करोड ४५ लाख ६५ हजार उल्लेख छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाको बेरुजु ४ करोड १० लाख ९ हजार, रावाबेँसी गाउँपालिकाको १ करोड ७८ लाख ५४ हजार, साकेला गाउँपालिकाको ४ करोड १३ लाख ३८ हजार, हलेसी तुवाचुङ नगरपालिकाको ४ करोड २९ लाख ९२ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ करोड ९३ लाख ५३ हजार बेरुजु रहेको महालेखाले उल्लेख गरेको छ ।
[यो हेर्नुस् महालेखाले उल्लेख गरेको प्रतिबेदन]