काठमान्डौ,४ भदौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीनै अचम्मित परेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ ।
यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई भित्र प्रवेश गर्न पासकोर्डको ब्यवस्था गरिएको पाइएको प्रहरीले जनाएको छ । ललितपुरको मुख्य बजार पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले यस्तो ब्यवसाय गरेको फेला परेको हो । प्रहरीले ति महिला सहित ७ जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए।
प्रहरीले संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।