लुम्बिनी प्रदेशका सभामुखको राजीनामा माग

0 Shares

काठमान्डौँ, ६ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेशको सभामुख पूणर्बहादुर घर्तीको राजीनामा माग गरेको छ । संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाही अमान्य ठहर गरेपछि सभामुख घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामा माग गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयले पठाएको पत्रबारे आपत्ति जनाएका छन् ।

ढकालले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निणर्य विधिको शासन विपरीत, पक्षपातपूणर् र संसदीय मूल्यमान्यता विपरीत छ ।’

ढकालले सभामुख घर्तीले राजीनामा दिनुपर्ने जनाउँदै भनेका छन् । ‘प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकुलको आचरण नगरेको प्रस्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूणर्बहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन ।’
यो समाचार दैनिक नेपाल डटकम प्रकाशित गरिएको छ ।

तपाईको प्रतिक्रिया