खोटाङ,६भदौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका नेपाली कांग्रेसका पुराना नेता पर्शुराम राईको निधन भएको छ । दुई वर्षदेखि टाउकाकोमा आएको समस्याबाट पिडित राईको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
बिक्रम संवत १९९० सालमा जन्मिएका राई बुलापन्थे माबि धितुङका संस्थापक अध्यक्ष हुन् । उनी २०५४ सालको स्थानीय तहको निर्वाचनमा साविकको धितुङ-२ बाट कांग्रेसकातर्फबाट वडाध्यक्षका उम्मेद्वार थिए ।
स्वर्गीय पर्शुराम नेपाली कांग्रेसका युवा नेता एवं सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश -१ का अध्यक्ष पेशल राईका पिता हुन् । राईको आइतबार नै दासंस्कार गरिएको छ ।