साङ्केतिक तस्वीर
विराटनगर, ७ भदौ । मोरङको बेलबारी की १४ वर्षीया किशोरी छोरी बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार पक्राउ परेका पुरुषलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार पक्राउ परेका बुवाले आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोप छ ।
पक्राउ परेका पुरुषले २०७७ साल माघ २० गते राति आफ्नै घरमा छोरीलाई डर र त्रास देखाएर बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेपछि पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
हाल पीडित किशारीको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइएको छ । पक्राउ परेका पूर्वजम्दारविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने जनाइएको छ ।