माधव नेपालको पार्टीलाई दिल्लीबाट झलनाथ खनालको भर्चुअल सम्बोधन

0 Shares

काठमान्डौँ, ८ भदौ । माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पार्टीको बैठकलाई नेता झलनाथ खनालले सम्बोधन गरेका छन् ।

भारतको नयाँ दिल्लीमा उपचाररत खनालले मंगलबार सो पार्टीको चन्द्रागिरिमा रिसोर्टमा जारी केन्द्रीय समिति बैठकलाई भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।

सम्बोधनमा आफूहरुले नयाँ पार्टीका लागि संघर्ष गरेको बताउँदै अहिले चुनौती र सम्भावना दुवै रहेको बताएका छन् ।

उनले भने, ‘हामीसामु ठुलो चुनौती छ तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ, त्यसैले हामी सफल हुन्छौ ।’

उनले आफू अस्पतालको शय्याबाट बोलिरहेको भन्दै खनालले पहिला पार्टी दर्ता गर्न सुझाव दिँदै भने, ‘पहिला पार्टी दर्ता गरौँ त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ ।’

त्यस्तै, खनालले तेस्रो धारका नेताहरुलाई लक्षित गर्दै भने, ‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ ।’ खनालले थपे, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’
यो समाचार दैनिक नेपाल डटकममा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया