काठमान्डौं,९भदौ। काठमाडौँ, नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाईएको छ ।अब प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई दिएको छ ।
माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बन्नुभएको छ भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
एक्कासी पार्टी प्रवक्ताको जिम्मेवारीबाट श्रेष्ठलाई हटाउनु पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट ब्यक्तिहरुलाई मात्र पद र जिम्मेवारी दिने गरेको र केही दिन अघि सरकारमा जाने विषयमा श्रेष्ठलाई रोक्न खोज्नुनै मुख्य कारण रहेको एक नेताले बताउनुभयो ।
जनता टाइम्स डटकम