माधव नेपालको पार्टी कार्यालय नयाँबानेश्वरमा, महन्थ ठाकुरको बबरमहलमा

0 Shares

काठमान्डौं,९ भदौ । बुधबार निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएसँगै उक्त पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा रहने भएको छ ।

बुधवार साँझ दलको मान्यता दिँदै प्रदान गरेको प्रमाणपत्रमा दलको कार्यालय नयाँबानेश्वरमा रहने उल्लेख छ ।

नयाँ बानेश्वर स्थित अर्याल होटलमा गठनको गृहकार्य भएको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय त्यहीँ आसपासमा रहने बताइएको छ ।नेपाल नेतृत्वको पार्टी आयोगमा १६६ नम्बरमा दर्ता रहेको छ । बुधबार आयोगले नेपाल समूहलाई दलको मान्यता दिएसँगै औपचारिक रुपमा नेकपा एमाले विभाजित भएको छ ।

नेपाल नेतृत्वको दलसँगै बुधबार नै दलको मान्यता पाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) दलको केन्द्रीय पार्टी कार्यालय बबरमहलमा रहेको छ ।

आयोगले प्रदान गरेको प्रमाणपत्रमा दलको कार्यालय बबरमहलमा रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया