शेरधन राईले दिए संसदीय दलको नेताबाट राजीनामा

0 Shares

काठमान्डौँ,१० भदौ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिनुभएको छ । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिनुभएको हो ।

पार्टीको पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा आएका राईले बिहीबार विराटनगर पुगेर संसदीय दलको नेताबाट राजीनामा दिनु भएको उहाँको सचिवालयले जनाएको छ ।

संसदीय दलको बैठकले भीम आचार्यलाई दलको नेता बनाउने निर्णयसमेत गरेको छ । आचार्य दलको नेताभएसँगै मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ ।

तपाईको प्रतिक्रिया