विराटनगर,१० भदौ । मुख्यमन्त्री बन्ने तयारीमा रहेका प्रदेश–१ एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला परेका छन्।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको ओछ्यानमा ५९ वर्षीय राम आचार्य मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
कोठाको ढोकाको चुकुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको कार्कीले बताए। उनलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ।
भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा छन्। उनलाई संसदीय दलको नेता चयन गरिएको छ। उनले आजै शपथ ग्रहण गर्ने तयारीमा छन्।