अबैध रूपमा बालुवा उत्खनन् गर्दैगर्दा ट्याक्टर र जेसिबि प्रहरीको नियन्त्रणमा

0 Shares

तस्वीर : वेव

खोटाङ,१० भदौ । अवैध रुपमा बालुवा उत्खनन् गर्ने छ ट्याक्टरसहित एक जेसिबी (इस्काभेटर)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङ मातहातबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले स १ त.७८९५, ना.७ त.३३२९, ना.६ त.७०८७, को.२ त.७७५६, ना ५ त.६६००, प्र-२-००१ त ३२९४ नम्बरको ट्याक्टर र एक जेसिबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार नियन्त्रणमा लिइएका ४ ट्याक्टरलाई कारवाहीका लागि स्थानीय तह अन्तरगत हलेसी तुवाचुङ नगरपालिका पठाइको र बुधबार नियन्त्रणमा लिएका दुई ट्याक्टरलाई रावाबेँसी गाउँपालिका पठाइएको जनाएको छ । बाँकी एक जेसिबीलाई भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।

बाँकी एक जेसिबीलाई भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पठाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिनुभयो । दश स्थानीय तह रहेको जिल्लामा ठेकेदार तथा स्थानीय बासिन्दाले सबै खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया