गोप्य सुत्रको अडियो : सभामुख जी अब माधव नेपालका १४ सांसदको पद खाइदिनुस् – प्रचण्ड

0 Shares

काठमाडौ,११ भदौ । गोप्य सुत्रले एक अडियो सुनाएको छ । अडियो आवश्यक परेमात्र सार्वजनिक गर्ने शर्तमा जनबोली टीमले सुन्न मात्र पाएको छ ।

आज साँझ भएको नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडियोले सोच्न बाध्य बनाएको छ ।

छोटो अडियोमा भनिएको छ सभामुख जी अब माधवकुमार नेपाल जीको पार्टीका १४ जना सांसदको पद खाइदिनुस् । पार्टी विभाजन भइहाल्यो । कानून अनुसार केन्द्रीय कमिटी सदस्यबाट नै मात्रपनि उहाँको पार्टी नेकपा एकीकृत समाजवादी वैध बनिहाल्यो ।

 

प्रमाणपत्र लिइसक्नुभयो । अब विचाराधिन भनिएको कारबाहीको सूचना टाँस एक दुई दिनमा गर्नुहोस् । अब नेपाल जी सरकारमा भाग खोज्न आउँनुहुन्छ । उहाँले अब माओवादी भन्दा बढी भाग खोज्नुछ ।

फेरी अब पार्टी विलय गराएर माओवादीमा ल्याउनुछ । त्यसका लागि त उहाँलाई साइजमा राख्नुपर्यो । हामी भाले हुनका लागि उहाँलाई साईजमा राख्नका लागि मौका नै एमालेको कारबाहीको सूचना टाँस गर्ने हो ।

कारबाही छल्न नयाँ पार्टी बनाउँन जानुभएको भन्नेपनि देखिन्छ । त्यसो हुँदा नेपाल जी कै पद जान्छ ।

जम्मा १६ जना सांसद लिएर उहाँ साईजमा बस्नुहुन्छ । यही बेला उपनिर्वाचन गराएर भागवण्डा गरेर आधा आधा लिइहाल्नुपर्छ । हाम्रो एमालेमा मिसिएर गुमेको सिटपनि आउँछ ।

फेरी भाले हुने पालो आयो क्या भाले हुने । अडियोमा सुन्न सकिन्छ । प्रचण्डको यो अडियोले के पुष्टि हुन्छ भने नेपालका सांसदको पद जाने निश्चित छ ।

प्रमुख प्रतिपिक्षीको तिव्र आलोचनाबाट सभामुख अग्नीप्रसाद सापकोटापनि जोगिने । माधव नेपाललाई साईजमा राख्नपनि उत्कृष्ट बाटो भएको आजको माओवादीका शीर्ष नेताको अनौपचारिक बैठकको निश्कर्ष छ ।
जनबोली न्यूज नेटवर्क

तपाईको प्रतिक्रिया