काठमाडौँ, ११ भदौ । नेकपा एमाले निर्वाचन आयोगको निणर्यविरुद्ध अदालत जाने भएको छ ।आयोगले दल दर्ता गर्दा विवादास्पद निणर्य गरेको भन्दै कानुनी उपचारका लागि आइतबार एमाले अदालत जाने भएको हो ।
पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निणर्यअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको जनाइएको छ ।
शुक्रबार नै अदालत जाने गरी काम गरे पनि नसकिएको बताइएको छ ।
एमालेले कारवाही गरेका नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधि सभा सांसदसहितको हस्ताक्षरलाई आयोगले मान्यता दिएको विरुद्ध कानुनी उपचार खोज्ने भएको हो ।