भरतपुर,११ भदौ । पहिरोले चितवन जिल्लास्थित मुग्लिन-नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ ।
बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका-२९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।