सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा छैन : एमाले खोटाङ

0 Shares

खोटाङ, २१ भदौ । नेकपा एमाले खोटाङले सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिलाई विभाजनको पक्षमा नलाग्न आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई कथित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिलाई विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।

एमाले खोटाङको ११ औँ पूणर् बैठकले पार्टी केन्द्रीय कमिटी र स्थायी कमिटीको निणर्य अनुसार पार्टीको सम्पूणर् संरचना वि.सं. २०७५ जेठ २ मा फर्काउने निणर्य गरेको सोमबार समन्यवको हलमा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । नेकपा एमाले जिल्ला कमिटीको २०७२ वैशाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष बबि चाम्लिङ नवगठित नेकपा (एकीकृत समाजवादी)मा लागेपछि बैठकले एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई मनोनयन गरेको छ ।

जिल्ला अधिवेशनबाट उपाध्यक्ष चुनिनुभएका दंगाल अध्यक्ष भएपछि सचिव देवविक्रम राई उपाध्यक्ष र उपसचिव कुमार आचार्यलाई सचिवको जिम्मेवारी दिइएको एमाले खोटाङले जनाएको छ । उपसचिव पद भने रिक्त राखिएको जिल्ला अध्यक्ष दंगालले जानकारी दिनुभएको छ ।

यद्यपि, सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताइ दिएपछि गत फागुन २५ गते दंगाललाई एमाले अध्यक्षमा मनोनयन गरिएको फेसबुकमार्फत सार्वजनिक भएको थियो । त्यस लगत्तै तत्कालीन अध्यक्ष चाम्लिङले फेसबुकबाटै असहमति जनाउनुभएको थियो ।

बैठकले सङ्गठन निर्माणका लागि जिल्लामा अभियान चकलाउने, हप्ता दिनभित्र साविकको टोल कमिटी गठन गर्ने, आगामी कातिक ६ गतेभित्र वडा अधिवेशन सक्ने, कातिक ९ गतेभित्र नगर तथा गाउँपालिका अधिवेशन सक्ने निणर्य गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एमालेले सङ्गठनलाई व्यवस्थित गर्नका लागि अध्यक्ष दंगालको संयोजकत्वमा सात सदस्यीय, पार्टी सदस्य व्यवस्थापनका लागि सचिव आचार्यको संयोजकत्वमा तीन सदस्यीय र जनवर्गीय सङ्गठन व्यवस्थापनका लागि युवा सङ्घका नेता दिलचक्र राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ ।

एमालेले कोभिड-१९ को महामारीबाट सङ्क्रमित बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूणर् नागरिकलाई पारदर्शी मापदण्ड अपनाएर शीघ्र र व्यवस्थित रुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । कोभिड-१९ को सङ्क्रमण एवम् अन्य कारणबाट ज्यान गुमाएका आफ्ना नेता तथा कार्यकर्ता, शुभेच्छुकको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया