– नहिमा चाम्लिङ राई
मैले बिनापैसा खुशिहरू लिन पाउने,
नयाँ लुगा माग्न पाउने
खेलाैनाहरू मगाउन पाउने
चाहिएकाे कुरा मागेकाे भरमा दिने
काेही थियाे मेराे खुशिकाे पात्र!
आफ्नै जीन्दगी बन्धकी राखेर
मेराे यात्राकाे बाटाे स्वतन्त्र बनाईदिने
मेराे चाहानाहरूकाे पाटाे
पूरा गरिदिने।
काेही थियाे त्याे
दुखमा हाँसिरहने मन!
जीवन जीउने सिप सिकाईरहने,
पिडाहरूमा मलम लगाईरहने
मनमा साहस जगाईरहने
काेही थियाे जीवनकाे असल गुरू!
उहाँले
सन्तानकै लागि खै कसरी उचाल्नु भाे,
त्याे अभावकाे आकाश ।
खै कसरी थाम्नु भाे,
त्याे पिडाहरूकाे महाशागर!
कसरी खेप्नु भाे
अभावकाे भुमरी!
काेही त थियाे यति महान!
जस्ले,
आफूले नपढेकाे शिक्षा मलाई पढाउनु भाे
आफूले नचढेकाे शिखर मलाई चढाउनु भाे
आफूले नभाेगेकाे सुख मलाई दिनु भाे।
मेराे खुशि खरिद गर्दा गर्दै
आफ्नाे उमेर खर्च गरिसक्नु भयाे।
उहाँकाे परिचय “बुबा” हाे।