खोटाङमा विभिन्न पार्टी परित्याग गरी ८१ जना एमालेमा प्रवेश (नाम सहित)

0 Shares

खोटाङ,२२ भदौ ।

खोटाङको निर्मलीडाँमा विभिन्न पार्टी परित्याग गरी ८१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(९ निर्मलीडाँडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले वडास्तरीय आमसभामा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसमा क्रियाशिल नेता कार्यकर्ता ७५ जना, माओवादी केन्द्रका तीन र संघिय समाजवादीका तीन गरि ८१ जना रहेका छन् । नेपाली कांग्रेसको देउवा सरकारले २० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछी एमाले विभाजन भएको बेला एमाले प्रबेश गर्नुले एमाले प्रति जनलहर बढेको देखिन्छ। भर्खरै एमालेमा रहेका माधब नेपाल समुहले नेकपा एकिकृत समाजवादी पार्टी खोलेका छन् । एकिकृत समाजवादी खोटाङमा खुलेको केहिदिनमा नै नेकपा एमालेमा प्रवेशको लहर बढेको छ । नव प्रवेशीहरुले नेपाली कांग्रेसभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै पार्टी छाडेको बताएका छन् ।

यसैगरी माओवादी केन्द्रले कार्यकर्ता संरक्षण गर्न नसक्ने र जनता समाजवादीले राष्ट्रिय राजनीतिमा प्रभाव राख्न नसक्ने अरु नवप्रवेशीहरुले बताएका हुन् । एमाले प्रवेश गर्नेहरुमा प्रकाश राई, सुदिप राई, आदेश राई, शिवराम राई, मनिराज राई, सुजन राई र राजकुमार राई रहेका छन् । यसगरी सुरेस राई, श्रीप्रसाद राई, मणिकुमार राई, रामकुमार राई, नौराज, चन्द्रशेर राई, पवन चर्मकार, कृष्ण राई, विल्सन राई, हरिकुमार राई, एन्जिला राइ ,प्रतिमा राई, शुक्रदेवी राई र राममति राई रहेको लिष्ट प्राप्त भएको छ ।

यस्तै, सविता राई, अनुसा राई, मिरा राई,अन्जना गुरुङ ९राई० ,एकराज राई, धनिराम राई ,रविन चर्मकार,टङ्क चर्मकार,नाङटुङ राई,गौरराज राई,देवहिरा राई,शुसिल राई,प्रशान्त राई,राचन्द्र राई, शुभ राई, बाजिन्द्र राई, भिमबहादुर राई, विमला राई, ढलप्रसाद राई, अमृता चर्मकार, लक्ष्मि राई, यसोधा राई, रमिता राई, कला चर्मकार, नमिता चर्मकार, नैलशन राई, मनोज राई, पवित्रा राई, अढिन राई, चंखे चर्मकार, भक्तबहादुर राई, पर्शुराम भुजेल, रणबहादुर बस्नेत, धनबहादुर पौडेल, ज्ञानबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ, उमेश बस्नेत, समृत बस्नेत, निरोज राई, युवराज राई, लोकबहादुर कट्वाल, सुजन चौहान, डम्बर ढकाल, भुवन विश्वकर्मा, बिरबहादुर विश्वकर्मा, अम्बिका चौहान, पर्शुराम भुजेल, सारदा ढकाल र निन्दिकी शेर्पाले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई उनिहरुको योग्यता र क्षमताको आधारमा पार्टीको जिम्मेवारी दिईने समेत अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई नेकपा एमाले खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराई, प्रदेश कमिटी सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री उशाकला राई, पार्टी सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई लगाएतले नवप्रवेशीहरुलाई अविर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया