कुलमानको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्नुभएको रिट प्रधानन्यायाधीश शम्शेरले आफ्नै इजलासमा राख्नुभएको हो ।

यो रिट जवराको एक नम्बर इजलासमा परेको छ । यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नै इजालसमा राख्नुभएको थियो तर, सुनुवाइ भने हुन सकेको थिएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया