अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : अध्यक्ष यादव

Halesi Khabar
0 Shares

काठमाडौँ, ६ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिनुभएको छ । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले रातोपाटीलाई बताउनुभयो ।

“राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।”

केन्द्रीय समिति र संसदीय दलमध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ । पार्टी विभाजन हुनबाट जोगाउन तत्काल अध्यादेश खारेजीको पक्षमा जसपा अडिग बनेको छ ।

मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर, जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन ।

 

तपाईको प्रतिक्रिया