नेकपा एकीकृत समाजवादीमा कार्यविभाजन : सचिव बनिन् रामकुमारी झाँक्री

Halesi Khabar
0 Shares

काठमाडौँ, ७ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता बन्नुभएको छ । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहनुभएको छ ।

त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहनुभएको छ । महासचिवमा डा.बेदुराम भुसाल रहनुभएको छ भने, तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल रहनुभएको छ ।

त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने, ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया