खोटाङ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ खोटाङको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार भवनगैरास्थित एमाले पार्टी कार्यालमा एमाले खोटाङका जिल्ला कमिटी सचिवालय सदस्य दीपनारायण रिजालको प्रमुख आतिथ्यतामा प्रथम विस्तारित बैठक सम्पन्न भएको हो ।
नेपाल खेलकुद महासंघको जिल्ला कमिटीलाई पूणर्ता दिइएको छ । नेपाल खेलकुद महासंघले महेश राई अध्यक्ष रहेको ७५ जनाको जिल्ला कमिटी र एमाले जिल्ला कमिटी सचिवालय सदस्य रिजालको प्रमुख आतिथ्यतामा भएको बैठकले राजु आचार्य अध्यक्ष रहेको ५१ जना सदस्य रहेको नगर कमिटी गठन गरेको हो ।
नेपाल खेलकुद महासंघ खोटाङको प्रथम विस्तारीत बैठकले दश स्थानीय तह रहेको जिल्लामा जिल्ला कमिटी र नगर कमिटीमा अध्यक्ष र सचीव पहिलो बैठकले चयन गरेको हो । जिल्ला कमिटीमा अध्यक्ष महेश राई, उपाध्यक्ष प्रविन राई, सचिव रोषिस श्रेष्ठ, सह-सचिव संजोक आचार्य, कोषाध्यक्ष अन्जना राईलाई चयन गरिएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटीमा अध्यक्ष राजु आचार्य, उपाध्यक्ष देव थाङ्सोहाङ, सचिव भोगेन्द्र राई, सह-सचिव प्रमोद भुजेल र कोषाध्यक्षमा चिरञ्जीवी रिजालाई चयन गरिएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव दिलचक्र राईले बताउनुभयो ।
नेपालमा खेलिदँै आएका पुराना खेलहरु लोपहुदै गएको र खेल जगतले व्यक्ति मात्र नभई हाम्रो देश नेपाललाई चिनाउदै आएको छ । राईले भन्नुभयो, “हाम्रो देशका पुराना खेलहरु दिनप्रतिदिन लोप हुदै गएको र खेललाई लोपहुन नदिन खेलकुद महासंघलाई सक्रिय रुपमा लाग्न आग्रह गर्दछु।”
कार्यक्रममा एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य रिजाल,सचिवालय सदस्य दिलचक्र राई,सचिवालय सदस्य विणादेवी राई, कमल ढकाल, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य विनोद तिरुवाले लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य पुष्कल राई,भुपाल राई र एलिस दंगाल लगायतको उपस्थिति थियो भने करिब ६० जना खेलप्रेमीहरु उपस्थित हुनुहुन्थ्यो ।