काठमान्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रक्सीको ब्राण्डलाई बढावा दिने काममा लाग्नुभएको पाइएको छ । एमाले छाडेर नयाँ पार्टी गठन गरेपछि माधवले रक्सीको प्रचार गरेको तथ्य एउटा तस्विरले सार्वजनिक गरेको हो ।
माथि देखिएको तस्विर नेकपा एसको महिला संगठनको केन्द्रीय कमिटी बैठकको हो । जहा अध्यक्ष माधव भाषण गरिरहनु भएको छ । उहाँको पछाडि प्रायोजक संस्थाको रुपमा टुबोर्ग बियर देखिन्छ । नेकपा एसका अध्यक्ष माधव एमालेमा रहँदासम्म मादक पदार्थ सेवन गर्नेप्रति निकै कठोर हुनुहुन्थ्यो ।
नेकपा एसमा लागेपछि भने महिला संगठनको बैठकमै बियरको प्रचार गरेर माधव आफै ब्राण्ड एम्बेस्डर जस्तो देखिनुभएको छ । माधव नेपाल रक्सीको प्रचारमा देखिएपछि कार्यकर्ताहरुले निकै खल्लो महसुस गरेका छन । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले कतै माधव रक्सीको प्रचारमा उत्रने अवस्थामा त पुग्नुभएको होइन ? भन्ने प्रश्न पनि जताततै उठेको छ ।