काठमाडौं । घ्युकुमारी एक जडिबुटी हो । यो प्राय जसो सबैको घरमा सजिलै पाईन्छ । शहर बजारतिर घरको छतमा, आँगनमा गमलामा रोप्ने गरिन्छ भने कुनै ठाउँमा यसको खेती नै गरिन्छ ।
घ्युकुमारीलाई आर्युवेदिक औषधीका रुपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । घ्युकुमारी बिभिन्न रोगहरुका लागि औषधीको रुपमा काम गर्छ ।
घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यो हरेक मौसममा सजिलै पाइन्छ । घ्युकुमारी सेवन गर्नुका लाभबारे आउँनुहोस चर्चा गरौं ।
१, घ्युकुमारी दैनिक रुपमा सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ । घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन । शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।
२, घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ । अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा ठिक हुन्छ । घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।
३, घ्युकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ । यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउँनुका साथै कपाललाई बलियो पनि बनाउँछ ।
४, शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ । आजभोली घ्युकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।
५, यसले गिजाको रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ । पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन । अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ । आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।
६, यसले उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ । घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ । घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ । घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ ।