काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पुन : सर्ने भएको छ । स्थानीय तहको अधिवेशनका विषयमा विभाजित कांग्रेस नेताहरुबीच उत्पन्न भएपछि महाधिवेशनको मिति सार्ने प्रस्ताव अघि बढाइएको छ ।
हालसम्म तल्लो तहै अधिवेशन सम्पन्न नुहुन र पार्टीमा आन्तरिक किचलो उत्पन्न भएका कारण तोकिएको मितिमा महाधिवेशन हुन नसकेको कांग्रेसका एक नेता बताउछन् । उनका अुनसार स्थानीय तहका वडा, पालिका अधिवेशन पनि सार्ने कुरा भइरहेको छ ।
यसरी स्थानीय तहका अधिवेशन सार्दै जाँदा केन्द्रीय महाधिवेशन पनि समयमा गर्न नसकिने निश्चित रहेको छ । अहिलेसम्म १३ जिल्लाको क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा सबै स्थानीय तहको अधिवेशन एकै दिन गर्न पनि नसकिने र कार्यतालिकाअनुसारै अधिवेशन गर्न नसकिने उनको भनाइ छ ।
कांग्रेसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बााके, सुर्खेत र कैलाली गरी १३ जिल्लाको त्रियाशील सदस्यता टुंगोमा पुर्याउन सकेको छैन भने क्रियाशील टुंगिएर वडा अधिवेशन भइसकेका ६४ जिल्लामा भोलिदेखि पालिका तहको अधिवेशन हुँदैछ ।
यसअघि बिहीबारको बैठकमा महामन्त्री पूणर्बहादुर खड्काले सदस्यताको विवाद तत्कालै हल नहुने बताउँदै केन्द्रीय महाधिवेशन सर्ने बताएका थिए ।
र, अहिले यहीँ अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्नुपर्ने माग गरेका छन् । जुन माग असम्भव रहेको महामन्त्री खड्का बताउँछन् ।
क्रियाशील सदस्यको विवादमा रुमलिएको कांग्रेसको कारण पटक-पटक स्थानीय अधिवेशन सरेको छ । यसबीचमा दर्जनौं पटक कार्यतालिकामा पनि फेरबदल भइसकेको छ । अब, यहीँ कारण केन्द्रीय महाधिवेशन सर्ने निश्चित रहेको महामन्त्री खड्काले बताएका छन् ।
कांग्रेसले सरसमा २०७७ फागुन ७ देखि १० भित्रै १४ औं महाधिवेशन गर्ने मिति तोकेको थियो । तर, हुन सकेन । क्रियाशील सदस्यता वितरण र नवीकरण विवादमै कांग्रेस अल्झियो ।
त्यसपछि फागुन ६ गते कांग्रेसले विधान संशोधन गरेर भदौ ७ देखि १० कालागि महाधिवेशन तोक्यो । यस अवधिमा पनि क्रियाशील सदस्यताकै विवाद भयो । तेश्रो पटक ४ असारमा महाधिवेशनको मिति तोकियो । भदौ १६ देखि १९ सम्म महाधिवेशन सक्ने भनिए पनि क्रियाशील सदस्यताकै कारण महाधिवेशन रोकियो ।
पुनः चौथोपटक महाधिवेशन सारेर मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन सक्ने भनियो । फेरि क्रियाशील सदस्यताकै कारण महाधिवेशन सर्यो ।