खोटाङमा विभिन्न पार्टी परित्याग गरि २७ जना एमालेमा प्रवेश (नाम सहित)

0 Shares

खोटाङ, १० असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा विभिन्न पार्टी परित्याग गरि २७ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। नेपाली काँग्रेसका नेता मदन बिश्वकर्मा र नेकपा माओवादी केन्द्रका नेता तिलकराम गिरीको नेतृत्वमा २७ जना पार्टीमा क्रियाशिल नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

आइतबार वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नव प्रवेशीहरुले नेपाली कांग्रेसभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै,पार्टी छाडेको बताएका छन्। यता,नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु भन्छन्,माओवादी केन्द्रले कार्यकर्ता संरक्षण गर्न नसकेकाले हामी बाध्य भएर एमालेको (जबज) जनताको बहुदलीय जनवादलाई पछ्याउँदै एमालेमा प्रवेश गरेको एक नवप्रवेशीले हलेसी खबरलाई बताएका छन्।

नेकपा एमाले खोटाङका पार्टी सचिव कुमार आचार्यले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,माधव नेपाललगायत केहि नेताहरु आफ्नो स्वार्थपुरा गर्नका लागि पार्टी फुटाएर गएपनि देशभरका कार्यकर्ताहरु केही समय अलमलमा परेपनि माधव नेपालले आफनो स्वार्थका लागि पार्टी फुटाएको भन्दै पुनः एमालेमै फर्किरहेका छन्।”

नेकपा एमालेको सरकारले काम नगरेको भन्दै परमादेशबाट बनेको नेपाली काँग्रेस नेतृत्वमा बनेको गठबन्धनको सरकारले देशमा कोरोना भाइरसको महामारीका बेलामा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनतालाई खोप तथा उपचारका लागि कुनै किसिमको उपचारको पहल नगरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “परामदेशबाट बनेको काँग्रेस नेतृत्वको सरकारले दुई महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसक्नुले आमनागरिकले देशमा सरकार नभएको महशुस गर्नु हो।”

नवप्रशीहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने एमाले जिल्ला सचिवालय सदस्य तथा जनवर्गीय सङ्गठनका खोटाङ जिल्ला इन्चार्ज दिलचक्र राईले प्रतिवद्धता समेत जनाउनुभएको छ । नेपाली कांग्रेसको देउवा सरकारले २० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछी एमाले विभाजन भएको बेला देशभरका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुले एमाले प्रति जनलहर बढेको देखिएको छ ।

कार्यक्रमा एमाले जिल्ला सचिवालय सदस्य विणादेवी राई,जिल्ला सदस्य सुनिल राई, नगरकमिटीका अध्यक्ष गोपाल आचार्यलगायतका नेताहरुले नवप्रवेशीहरुलाई अबिर र खादा लगाई स्वागत गर्नुभएको थियो ।

यी हुन् नवप्रवेशीहरु

मदन बिश्वकर्मा, युवराज परियार ,जीवन राई,अमित राई, माईकल राई, सन्जोक राई, अबिन राई, रामबहादुर परियार, पदमबहादुर परियार, इन्द्रबहादुर बिश्वकर्मा, हिरन गुरुङ, गणेश बिश्वकर्मा, धनकुमार राई, दिलकला राई, ज्ञानसोरी राई, सुनमाया बिश्वकर्मा, देवीमाया गिरी, धनमाया राई,मिरा दर्जी,कुमारी बिश्वकर्मा, दिलकुमार राई, दिपकला राई, पबिता राई रहेका छन् ।

यो पनि हेर्नुहोस,खोटाङमा विभिन्न पार्टी परित्याग गरी ८१ जना एमालेमा प्रवेश 

तपाईको प्रतिक्रिया