खोटाङको राखावाङ्देलमा माओवादीका ४६ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

0 Shares

खोटाङ, १० असोज । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा-१ राखावाङ्देल र वडा-७ माक्पामा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस नेता मदन बिश्वकर्मा र नेकपा माओवादी केन्द्रका नेता तिलक गिरीको नेतृत्वमा ५० जना पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

आइतबार नेकपा एमाले राखावाङ्देल र माक्पाले गरेको अगुवा कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका ४६ र नेपाली कांग्रेसका ४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। अगुवा कार्यकर्ता भेलामा नव प्रवेशीहरुले माओवादी केन्द्रले कार्यकर्ता संरक्षण गर्न नसकेकाले एमालेमा प्रवेश गरेको भन्दै उनिहरु एमालमा प्रवेश गरेको बताएका छन्। यस्तै,नेपाली कांग्रेसभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै,पार्टी छाडेको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिवालय सदस्य दिपनारायण रिजालले अबको निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टी परित्याग गरि ५० बढि कार्यकता एमाले प्रवेश गराउदै एमाले खोटाङका लोकप्रिय युवा नेता रिजालले भन्नुभयो, “माधब नेपालको पार्टी पिउसो हो । त्यो आफै बिलाएर जाने निश्चित छ।” उहाँले भन्नुभयो, “माक्पामा सिङ्गो कमिटी एमालेमा बिलए भएको छ । हिजो नेकपा हुदाको कमिटी एमालेमा बिलय भएको हो।”


नव प्रवेशीहरुलाई सचिवालय सदस्य रिजालले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना दिनुभएको छ। नेपाली कांग्रेस नेतृत्वको सरकारले २० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछी एमाले विभाजन भएको बेला एमाले प्रबेश गर्नेको सङ्ख्या देशभर उल्लेख्यरुपमा वृद्धि भएको छ। नवप्रशीहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने समेत सचिवालय सदस्य रिजालले बताउनुभएको छ।

कार्यक्रममा एमाले सचिवालय सदस्य गृहबहादुर राई, जिल्ला सदस्य गिरेन राई,पुष्पकला भुजेल लगाएतका नेताले मन्तव्य राख्नुभएको थियो। भेलामा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।


यो पनि पढ्नुहोस्,खोटाङमा विभिन्न पार्टी परित्याग गरि २७ जना एमालेमा प्रवेश (नाम सहित)

तपाईको प्रतिक्रिया