हलेसी खबर । सपना कहिलेकाही विपनामा साकार हुन्छ । सपना कहिलेकाही संकेत लिएर आउँछ । आज हामी यो बारेमा खुलाउँदै छौ । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बारेमा ।
हो, सपनामा सर्प देखेर डराउनु सामान्य छ । यसलाई लिएर हाम्रो समाजमा थुप्रै प्रकारका विश्वासहरू छन् । धार्मिक ग्रंथहरूमा, सर्पको सपना लिएर धेरै कुराहरू भनिएको छ। आउँनुहोस जानौं सपना सँग सर्पको के सम्बन्ध हुन्छ ।
१ शारीरिक सम्बन्धको जीवन र सर्प
केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको शारीरिक सम्बन्धको जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ ।
यदि सपनामा सर्प तपाईंको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको शारीरिक सम्बन्ध ऊर्जासँग हुन्छ । साथै सपनामा सर्प देख्नाले तपाई आफ्नो शारीरिक सम्बन्धको साथीका बारेमा धेरै कुराहरु जान्न सक्नुहुन्छ भन्ने विश्वास छ ।
२ सर्प र समृद्धि
पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईंले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।
३ सर्प र चेतावनी
सपनामा सर्पको बारेमा अर्को धारणा यो हो कि तपाईंको वरिपरि कसैले त्यस्ता व्यक्ति छ, जसलाई तपाईले अत्याधिक मात्रामा विश्वास गर्नुहुँदैन । दोस्रो तथ्य के हो भने तपाईं कुनै पनि सत्यलाई बेवास्ता गरेर गलत मार्गमा अगाडि बढ्दै हुदैँन, यसलाई पनि जान्नुहोस्।
४ सर्प र आध्यात्मिकता
पूर्वी देशहरूमा प्रचलित विश्वासका अनुसार, सपनामा सर्प आउँनु भनेको तपाईंको कुन्डलिनी जागृत हुनु हो । तपाईंको शरीरले नयाँ प्रकारको ऊर्जा पाउँदैछ, जसमा तपाईंले सफलताको मुकुट प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सर्प हुनुको अर्थ आध्यात्मिक उपलब्धिहरु संग पनि जोडिएको छ।
५ सपनामा सर्पले क्षति पुर्र्याउनु
यदि सपनामा तपाईलाई सर्पले क्षति पुर्यायो वा कोशिस गर्दैछ भने, यसको अर्थ हुन्छ तपाईंले कुनै पनि संघर्ष वा जीवनमा चलिरहेको परिस्थितिहरूलाई यथास्थितमा छोड्नु पर्छ । भविष्यमा यो स्थिति एक बोझ हुन सक्छ किनभने, यसको साथ बलियो रूपमा संलग्न हुनु तपाईको लागि बोझ भन्दा अरु केही हुँदैन ।
६ सर्प र मन पर्ने वा नपर्ने
वातावरणको अनुसार तपाईं जहाँ बस्नुहुन्छ, सपनामा सर्प आउनुको अर्थ फरक हुन सक्छ। तर सर्पको बारेमा तपाईं कसरी सोच्नुहुन्छ ? चाहे तपाईं तिनीहरूसँग डराउनु हुन्छ वा हुँदैन, तपाईंको सपना पनि यस कुरामा निर्भर गर्दछ । किनकी यदि तपाईं सर्पदेखि डराउँनुहुन्छ भने, सपनामा सर्प देखेर तपाईंको अनुभव कुनै सर्प पालेर बसेको मानिसको भन्दा फरक हुन सक्छ । यो भनिएको छ, हामी अक्सर हाम्रो सपनाहरु मा त्यहि चीजहरू देख्छौं, जसको हामी वरिपरि छौं वा त्यसका बारेमा हामी अधिक सोच्न सक्छौं।
जनबोली न्यूज नेटवर्कको सहयोगमा तयार पारिएको सामाग्री