काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा शुक्रबारबाट शुरु भएको एमालेको विधान महाधिवेशनमा पेश भएका तीन वटा प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको हो ।
प्रतिवेदनमाथि छलफलका गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।
शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रास्तावमाथि निबार (आज) छलफल हुने बताइएको छ ।
शनिबार (आज) समूहगत छलफल सकिएपछि पूणर् बैठक बस्ने र बैठकले समूहको निष्कर्ष सुनाएपछि आइतबार एमालेको विभान महाधिवेशन सकिनेछ ।