सकियो एमाले महाधिवेशन, पार्टीको संगठानिक संरचना र कार्यक्रमको विवरण अब एपबाट

0 Shares

ललितपुर, १७ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ । ललितपुरको गादावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा तीनदेखि आयोजना भइरहेको विधान महाधिवेशनले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठानिक प्रतिवेदन र संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथी छलफलबाट निश्कर्ष निकाल्दै सबै दस्तावेज पारित गर्दै महाधिवेशन सकिएको हो ।

महाधिवेशनले दुई प्रतिवेदन र विधान सहितको दस्तावेज तयार पारेको छ । यस्तै विधान महाधिवेशनले दक्षिण एसियाकै बलियो राजनीतिक दलको विधान बनेको दावी गरेको छ । नेकपा एमाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)प्रति आक्रमक रुपमा प्रस्तुत हुँदै ओलीले एमालेले पुनः बहुमत ल्याउने बताएका छन् ।

महाधिवेशनलाई सम्पन्न गर्न सबै प्रकारका व्यवस्थापन गर्ने व्यवास्थापक टिम र सबै सहयोगीहरुलाई अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गरेका छन् । यस्तै समापनमै दार्चुला जिल्लाका वडा अध्यक्ष नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका छन् ।

पार्टीले सम्पूणर् संगठानिक संरचना र पार्टी कार्यक्रमलाई समेटेर एप सार्वजनकि गरेको छ । सदस्यता वितरण, नविकरण, परिचय पत्र निर्माण, नविकरण, लेबी शुल्क, कार्यक्रम वारे जानकारी, पार्टी कमिटी वारे जानकारीलगायतका सुविधाहरु एपमा समावेश भएको एमालेको कार्यालय सचिव शेर बहादुर तामाङले बताएका छन् ।

पार्टी प्रवेश गर्ने सबै नेता कार्यकर्तालाई हार्दिक स्वागत गर्दै महाधिवेशन सकिएको अध्यक्ष ओलीले घोषणा गरे । एमालेको एकता अमर रहोस् । अमर शहिदहरु लाल सलाम । नेकपा एमाले जिन्दावाद । तीन नारा अध्यक्ष ओलीले लगाउँदै महाधिवेशन समापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया