आज नेकपा (एमाले) जनप्रतिनिधिको राष्ट्रिय भेला

0 Shares

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा हुँदैछ ।राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले बताउनुभयो ।

भेलामा देशभर एमालेले जितेका ६ सय २७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया