बालुवाटार जग्गा प्रकरण : पूर्वप्रधामन्त्रीद्वय नेपाल र भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज

0 Shares

काठमाडौं । बालुवाटारको जग्गा व्यक्तिका नाममा लगिएको विषयमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईबिरुद्धको मुद्धाको सुनुवाइ आज हुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई बालुवाटार प्रकरणबाट उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाई हुने भएको हो ।

रिटमाथिको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मुद्धा नचलाउने निणर्य गरेको थियो । तर अख्तियारको निणर्यलाई बदर गर्नुपर्ने भन्दै अधिवक्ता न्यौपानेले पूरक मुद्धा चलाउन माग गरेका थिए ।

अधिवक्ता न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा दायर गरेको रिटमा पूर्वप्रधानमन्त्रीद्वय विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश मागेका थिए । रिटमा ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निणर्य तत्कालीन प्रधानमन्त्रीहरुकै नेतृत्वमा भएको उल्लेख गरिएको छ ।

यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न, लिखित जवाफ झिकाउने र निणर्य झिकाउने आदेश भएको थियो ।
न्यूज २४ नेपाल डटकमबाट

तपाईको प्रतिक्रिया