गृह मन्त्रालयले गर्‍यो प्रदेशगत अनुगमन टोली गठन

0 Shares

काठमाडौँ । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधान गर्नका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेको हो ।

दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी बनाउनका लागि सम्बन्धीत निकायद्वारा देशभर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया