खोटाङमा विभिन्न पार्टी परित्याग गरी ३३ जना एमालेमा प्रवेश

Halesi Khabar
0 Shares

खोटाङ, २१ असोज । खोटाङमा विभिन्न पार्टी परत्याग गरी ३३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको उत्तरी क्षेत्र ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलमा नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बिहीबार बाकाचोलमा आयोजित नेकपा एमालेको अगुवा कार्यकर्ता भेलामा तीन वटा पार्टीमा आवद्ध क्रियाशिल सदस्य एमालेमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।परमादेश सरकारले २० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछी एमाले विभाजन भएको बेला एमाले प्रवेश गर्नुले देशभर एमालेप्रति जनलहर बढेको देखिएको छ ।

परमादेशको गठबन्धित सरकारले आमनागरिकको सेवामा नखट्ने र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को विषम परिस्थितीमा सरकारले नागरिकको हक हितमा काम नगरेकाले नेपाली कांग्रेस पार्टी सवद्ध नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले रोजेकोे एक नवप्रवेशीले बताएका छन् ।

यसैगरी नेकपा माओवादी (केन्द्र) ले आफ्ना कार्यकर्ता संरक्षण गर्न नसक्ने र जनता समाजवादीले राष्ट्रिय राजनीतिमा प्रभाव राख्न नसक्ने भएकाले मुलुक बनाउने पार्टी एमाले हो भन्ने विश्वासका साथ पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रुख विणदेवी राईले नवप्रवेशीहरुलाई खादा तथा अबिरले सम्मान गरी पार्टी प्रवेश गराउनु भएको हो । नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिईने सचिवालय सदस्य रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया