दश बुँदे सहमतिलाई निर्जीव ढङ्गले नबुझियोस् : ईश्वर पोखरेल

Halesi Khabar
0 Shares

काठमाडौँ, २२ असोज । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले दश बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरूलाई समेटेर लैजादामात्रै १० बुँदे सहमतिको जीवन्त कार्यन्वयन हुने दावी समेत गर्नुभयो ।

“दश बुँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढङ्गले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अब के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्ने बारे समिक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा हो–पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नु हुँदैन । सृजनात्मक ढङ्गले बुझ्नु प¥यो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया