एजेन्सी
काठमाडौं, २४ असोज । ताइवानी राष्ट्रपति साइ यिङ वेनले विस्वका शक्तिशाली मानिएको चीनलाई चुनौति दिएको छ । ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने बताएकी छन् ।
ताइवानीहरु कुनै किसिमको दबाबसामु झुक्ने कुनै भ्रम नराख्दा हुन्छु, वेनले राष्ट्रिय दिवसका अवसरमा चीनप्रति लक्षित भाषणमा बोलेकी छन् । चिनियाँ राष्ट्रपति सी जिङफिङले ताइवानसँग शान्तिपूर्ण पुनएकीकरण गर्ने भनेको भोलिपल्ट वेनले ताइवानीहरु चीनसामु नझुक्ने बताएकी हुन् ।
उनले ताइवानको लोकतान्त्रिक जीवनशैलीको रक्षार्थ सैन्य क्षमता थप मजबुत पार्ने पनि बताइन् । चिनियाँ योजनाअनुसार हिंड्नका लागि कसैले आफूहरूलाई दबाब दिन नसकोस् भनेर राष्ट्रिय सुरक्षा मजबुत बनाइने उनको भनाइ थियो । चीनले अघि सारेको मार्गले न हामीलाई स्वतन्त्र तथा लोकतान्त्रिक जीवनशैली प्रदान गर्छ न दुई करोड ३० लाख ताइवानीलाई सार्वभौम बनाउँछु, वेनले भनिन् ।
चीनले पछिल्लोपटक ताइवानमाथि सैन्य दबाब दिँदै आएको छ । शनिबार चिनियाँ राष्ट्रपति सीले ताइवानसँग शान्तिपूर्ण पुर्नएकीकरण गर्ने बाचा गरेका थिए । ताइवानसँग कुनै पनि हालतमा एकीकरण गर्ने संकल्प गर्दै आएका सीको पछिल्लो अभिव्यक्ति भने केही नरम थियो । तर उनले ुमातृभूमि र इतिहास भुलेर मुलुक टुक्र्याउनेको भलो नहुनेु पनि बताएका थिए ।