रावाबेँसीमा विभिन्न पार्टी परित्याग गरी १०८ जना एमालेमा प्रवेश

Halesi Khabar
0 Shares

खोटाङ,२५ असोज । खोटाङमा विभिन्न पार्टी परित्याग गरी १०८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार रावाबेंशी गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा नेपाल तरुण दलका नेता सन्जिब मगर, कांग्रेस खार्पाका वडा सचीव जीवन तामाङ, स्थानीय निर्वाचनमा लामिडाँडाका वडा सदस्यका प्रत्यासी जसपाका नेता कुमार श्रेष्ठ, स्थानीय निर्वाचनमा डुम्रेधारापानीका वडा सदस्यका प्रत्यासी कांग्रेसका नेता ईन्दिराकुमारी निरौला लगायत छन् ।

परमादेशको गठबन्धित सरकारले २० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछी एमाले विभाजन भएको बेला एमाले प्रवेश गर्नुले देशभर एमालेप्रति जनलहर बढेको देखिएको छ । नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिईने एमाले खोटाङका पार्टी अध्यक्ष रामप्रसाद दंगाले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, प्रमुख सचेतक तथा खोटाङ इन्चार्ज विशाल भट्टराई, पार्टी प्रदेश सदस्य हरिकुमार पोखरेल, एक नम्बर प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य उषाकला राई, एमाले खोटाङका पार्टी उपाध्यक्ष देवविक्रम राई, पार्टीका जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल,जिल्ला कमिटी सचीवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राई, सचीवालय सदस्य तथा रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, पालिका उपप्रमुख  समला राई लगायतका नेताहरुले नवप्रवेशीहरुलाई खादा तथा अबिरले सम्मान गरी पार्टी प्रवेश गराउनु भएको हो ।

सो कार्यक्रममा करिब चार सय जनाको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया