काठमान्डौ, ३१ असोज । सिन्धसलीमा नौ जना युवाद्धारा तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको कमालामाई नगरपालिका-५ बोझेका तीन किशोरीमाथि गएराती सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तीन बालिकालाई सोही ठाउँ बस्ने नौ युवाले शनिबार राति बोलाएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खूल्न आएको छ । किशोरीलाई बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको छ ।”
बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ। बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।