सिजरबाट सिकिस्त बनेका बालकलाई आर्थिक सहयोग


खोटाङ, २ कात्तिक । सिजरको समस्याबाट सिकिस्त बनेका हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका संयोग राईलाई आर्थिक सहयोग जुटेको छ । जन्मेको केही महिनापछि नै सिजरको समस्याबाट सिकिस्त बिरामी परेका राईको उपचारका लागि १० हजार आर्थिक सहयोग जुटेको हो ।

हाल उपचारका लागि नेपाल मेडिकल कलेज काठमान्डौं जोरपाटीमा राखिएका बालकको उपचारका लागि खोटाङ सेवा समाज काठमान्डौंका अध्यक्ष राकेश राईको पहलमा सहयोग जुटेको हो । खोटाङ सेवा समाज काठमान्डौंका अध्यक्ष राई र समाजसेवी दिर्घ राईले अस्पतालमै पुगेर पाँच/पाँच हजार रकम संयोगका बुवा शैलेस र आमा ख्यामला राईलाई प्रदान गरेका हुन् ।

गम्भीर बिरामी परेका संयोगलाई असोज १३ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना लगत्तै १३ दिन भेन्टिलेटरमा र त्यसपघि आइसियूमा सारिएका बालकलाई मंगलबार सामान्य बेडमा सार्ने तयारी गरिएको छ । बालकको उपचारका क्रममा तीन लाखको हाराहारीमा खर्च भइसकेको छ ।

सिजरबाट बिरामी परेका वालकको उपचारकाक्रममा आर्थिक समस्या भएको जानकारी भएपछि सहयोग गरिएको खोटाङ सेवा समाज काठमान्डौंका अध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया