प्राविधिक शिक्षा आजको आवश्यक्ता जहाँ गरिबी त्यहाँ सीटीईभीटी : शिक्षामन्त्री पौडेल


काठमान्डौं, २ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीटीईभीटीलाई विकट गाउँमा लैजानुपर्ने बताउनुभएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी सीटीईभीटीका कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले विकट जिल्लामा प्राविधिक शिक्षा लैजानुपर्ने बताउनुभयो ।

‘सीटीईभीटी (प्राविधिक शिक्षालय) भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, “जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, २१ औँ शताब्दीको जमानामा शिक्षा विकास, सुशासन र विज्ञान तथा प्रविधिसँग जोडेर अगाडि बढाउन तपाई हामी सबैले आ-आफ्नो क्षेत्रबाट लागि पर्नु पर्छ, मन्त्रालयले शिक्षालयका लागि गर्नुपर्ने आवश्यक सहयोग गर्छ ।”

सीटीईभीटी आंशिक रूपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । सीटीईभीटीको देशभर ६३ वटा आङ्गिक शिक्षालय भएको स्मरण गराउँदै उहाँले आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नरहेको बताउनुभयो ।

मन्त्री पौडेलले जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थागत सुधारसँगै गतिशील जनपक्ष र रोजगारसँग जोड्ने तरिकाले काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्राविधिक शिक्षा प्रदान गर्न आवश्यकताको पहिचान गरी त्यसकै आधारमा प्राविधिक शिक्षाको विस्तार गरिएको छ । ६१ वटामा भर्ना सुरुवात भएतापनि हालसम्म ६३ वटा आङ्गिक शिक्षालयको स्थापना भएको छ भने नर्सिङ विषयको भर्ना खुलाउन ‘सीटीईभीटी’ कार्यालयबाट प्रयासहरुसमेत गरिएको ‘सीटीईभीटीका  प्राविधिक अधिकृत इन्जिनीयर भानु पौड्यालले मन्त्री पौडेललाई जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया