बर्दिया । तीन दिनसम्म परेको अविरल वर्षाका कारण कणर्ाली नदीमा बाढी आउँदा बर्दियाको राजापुर नगरपालिका वडा नं. १,३,४,७,९ र १० र गेरुवा गाउँपालिकाको १,३,७ नं वडाहरु डुबानमा परे । त्यसैको निरीक्षण गर्ने क्रममा शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थ मन्त्री जनार्दन शर्मा बर्दियाको राजापुरस्थित बाढी ग्रस्त क्षेत्रमा पुगे ।
कणर्ाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको १२ सय ४८ घर धुरी डुबानमा परेका छन् भने गेरुवा गाउँपालिकाको २ सय १० घर धुरी डुवानमा परेका छन् । बाढीबाट क्षति भएको स्थलमा निरीक्षण गर्न राजापुर पुगेका प्रधामन्त्री र अर्थमन्त्री सहितको टोलीले बाढीपीडितलाई सरकारले राहतको ब्यवस्था गर्ने आश्वासन दियो ।
सुरुमा मन्तव्य राख्ने क्रममा अर्थमन्त्री शर्माले पीडितका घाउँमा मुखले बोलेर मल्हम लगाइदिए । उनले बाढी पहिरोपीडितलाई राहत दिने आश्वासन दिए ।त्यसपछि प्रधानमन्त्री देउवाले पनि त्यसैगरी आश्वासन मात्रै दिए । जबकि अर्थमन्त्री र प्रधानमन्त्री बर्दिया आउँदै गर्दा राहत प्याकेज लिएर आउन लागेको सुनेर बाढी पहिरोपीडितहरु खुबै खुसी थिए ।
तर, जब अर्थमन्त्री र प्रधानमन्त्री दुवैले मुखले आश्वासन दिएर गएपछि पीडित झन् निराश बने । राहतको आस लिएर आएका उनीहरु निराशा बोकेर घर फर्कन बाध्य भए ।बर्दिया जिल्लामा गत आईतबार सोमबार र मंगलबार परेको अविरल बर्षात र कणर्ाली नदीमा आएको बाढीका कारण कृषकले लगाएको ३५ हजार हेक्टर जमिनको धानमा क्षति पुगेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।
यसैगरी कणर्ाली नदीमा आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ६ हजार जन संख्या प्रभावित भएको बताइएको छ भने बाढी विस्थापित भएकाहरु भने यतिबेला घर फर्कन थालेका छन् ।
न्यूज २४ नेपाल