खोटाङ, ९ कातिक । खोटाङमा विभिन्न पार्टी परीत्याग गरी चार जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले देशभर एकै साथ गरेको नगर अधिवेशनको कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता महेन्द्रबहादुर राईसहित विभिन्न पार्टीका चार जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
मंगलबार नेकपा एमालेले देशभर एकसाथ गरेको नगरअधिवेशनमा नेपाली कांग्रेसका नेता राई, योगिन्द्र आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुपराज भट्टराई र नेकपा माओवादी केन्द्रका क्रियाशिल सदस्य माथबर राई नेकपा एमालेमा प्रवेश गरेका नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।
नेपाली कांग्रेसभित्र विवाद बढेको र कांग्रेस सरकारले नागरिकले भने जस्तो काम नगरेकाले पार्टी छाडेको नवप्रवेशी राईले हलेसी खबरलाई बताएका छन् । नगर अधिवेशनकै क्रममा नवप्रवेशी सबैलाई योग्यता र क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी दिईने एमाले खोटाङले जनाएको छ ।