एमाले खोटाङ : यी हुन दश स्थानीयतहका कमाण्डर


खोटाङ, १० कातिक । नेकपा एमालेले मंगलबार देशभर एकैसाथ गरेको नगर तथा पालिका अधिवेशन खोटाङका दशस्थानीय तहमा सकिएको छ । संघीय संरचना पछिको एमालेको प्रथम अधिवेशनबाट खोटाङका सबै गाउँपालिका तथा नगरपालिकामा सर्वसहमत नयाँ नेतृत्व चयन भएको नेकपा एमाले खोटाङले बताएको छ ।

दश स्थानीय तहरहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा गोपाल आचार्य, सचीवमा चित्रकुमार राई सर्वसहमत चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नगर कमिटि अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसहमत चयन भएका छन्।

यस्तै, रावाबेँसी गाउँपालिका कमिटी अध्यक्षमा बलराम रिजाल, सचीवमा यज्ञनारायण श्रेष्ठ (राजु),केपिलासगढी गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र राई, सचीवमा नारायण राई,ऐसेलुखर्क गाउँपालिका कमिटी अध्यक्षमा टेकेन्द्र राजभण्डारी सचीवमा माधव राई, साकेला गाउँपालिका कमिटी अध्यक्षमा आश्विनचन्द्र राई, सचीवमा शिव वस्नेत चयन भएको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका कमिटी अध्यक्षमा कृष्ण कार्की सचीवमा मनोज राई चयन हुनुभएको छ । उता, खोटेहाङ गाउँपालिका कमिटी अध्यक्षमा बिकास राई, सचीवमा अम्बर बस्नेत, जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्षमा यामकुमार राई, सचिवमा जगत राई तथा वराहपोखरी गाउँपालिका कमिटी अध्यक्षमा दीर्घ मगर र सचिवमा निश्चल खड्का सर्वसहमत चयन हुनुभएको छ ।

नगरपालिका तथा गाउँपालिकामा ७५ सदस्यीय कमिटि बनेको छ । यो सँगै जिल्लामा ७ सय ५० जनालाई पार्टीको विभिन्न जिम्मेवारी तोकिएको एमाले अध्यक्ष दंगालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया